‘बाहुन बाजे किन कसेको’ गीत विवादमा,खेम सेन्चुरी साइबर ब्यूरोमा

१४ असोज ८३, बुधबार
Share this
697shares

१४ असोज , काठमाण्डौ।

Advertisement

चर्चित लोकगायक खेम सेन्चुरीसँग साइबर ब्यूरोले गर्याे उनको एक गीतका विषयमा परेको उजुरीबारे सोधपुछ ।

सेन्चुरीको रचना, स्वर र संगीत रहेको ‘बाहुन बाजे किन कसेको’ बोलको गीतलाई लिएर हिन्दुवादी अभियन्ता सागर थापाले ब्यूरोमा उजुरी दिए ।

Advertisement

करिब एक महिनाअघि युट्युबमा सार्वजनिक भएको गीत तथा भिडियोले बाहुन समुदायलाई होच्याएको र सनातन हिन्दूको एकता तथा सद्भावमा असर पार्न खोजेको उजुरीकर्ताको आरोप ।

विशेषगरी गीतमा प्रयोग भएको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पंक्तिप्रति आपत्ति ।

Advertisement

छलफलमा हिन्दु जागरण नेपालका अध्यक्ष पं. रामकृष्ण उपाध्याय, भागवत कथावाचक आचार्य मुकुन्द नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, ओम सनातन संस्कृति समाजका अध्यक्ष रोजबहादुर मोक्तानलगायत सहभागी ।

साइबर ब्यूरो स्रोतका अनुसार गीत संशोधन गर्ने वा हटाउने विषयमा थप छलफल गर्न बुधबार दिउँसो दुवै पक्षलाई पुनः बोलाइएको र सेन्चुरीलाई बोलाएर छलफल गरिएको ब्यूरोका प्रवक्ता एसपी दिलिप गिरीले गरे पुष्टि

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top