इजरायलले भन्यो ‘टेरर एक्ट’, ९÷११ हुनबाट जोगियो, पाइलट नै टेरर ?

१४ असोज ८३, बुधबार
Share this
714shares

१४ असोज , काठमाण्डौ।

Advertisement

यूएईको दुबईबाट इजरायलको तेल अभिभ गइरहेको एक यात्रुबहाक विमानलाई आज ठुलो दुर्घटना हुनबाट जोगाइएको छ । फ्लाइ दुबईको सो विमान कथितरुपमा हाइज्याक र क्रयास गर्ने प्रयासपछि विमानलाई साउदी अरबमा सुरक्षित अवतरण गराइएको छ ।

सुरुमा जब यो विमानले उडानका क्रममा आफ्नो दिशा बदलेको थियो र खतराको कोड पठाएको थियो, सोबेला यो हाइज्याकमा परेको आशंकासहित विश्वभर नै तरंग उत्पन्न भएको थियो । तर पछि दुई पाइलटहरुबीच झगडा भएको भनियो र इजरायलले पनि हाइज्याकजस्तो केही नभएको भन्दै खण्डन गरेको थियो ।

Advertisement

तर अहिले घटनाको अनुशन्धान हुँदै जाँदा यो घटना आतंकवादसंगै जोडिएको देखिएको छ । अहिले इजरायलले नै यसलाई टेरर एक्ट भनेको छ । बुधवार भएको यो घटनामा आरोपी को–पाइलट नै हुन्, जसले अर्का पाइलटमाथि हमला गर्दै विमानलाई क्रयास गराउने प्रयास गरेका थिए ।

यद्यपि पाइलट, यात्रीहरु र क्रूले ती को पाइलटलाई नियन्त्रणमा लिदै प्लेनलाई सेफ ल्यान्डिंग गराए । संदिग्ध आरोपी ओमानी भएको खुलेको छ । अहिले विमान र यात्रीहरु साउदी अरबमा छन् । विमानमा रहेका एकसय भन्दा धेरै इजरायलीहरुलाई अर्को विमानमार्फत इजरायल पठाउने तयारी छ ।

Advertisement

इजरायली मिडियाले देशका सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भनेका छन् कि इजरायलले यो घटनाक्रमलाई आतंकवादी हमला भनेको छ । आइडीएफ, शिन बेट र मोसाद अधिकारीहरुले घटनाको जाँच गरेपछि फ्लाईदुबईको विमानमा भएको यो घटना एक आतंकवादी हमला भएको ठहर गरेका छन् ।

इजरायली मिडियाका अनुसार, दुबईबाट तेल अवीव गइरहेको फ्लाइटमा भएको हमलामा जो को–पाइलटले प्लेनलाई झार्ने प्रयास गरेका थिए ती ओमानका नागरिक थिए । प्लेनमा रहेका अन्य दुई पाइलट, जसले प्लेनलाई सुरक्षित अवतरण गराएका थिए, उनीहरु दक्षिण अफ्रिका र न्यूजिल्याण्डका नागरिक थिए ।

एक रूटीन ड्रिल अन्तर्गत फ्लाइटमा एक अतिरिक्त क्रू मेंबर पनि थिए । यसैकारणले गर्दा पाइलटले चक्कु प्रहार गरेपछि पनि प्लेनलाई उनीहरुले कंट्रोलमा राखेका थिए । अतिरिक्त क्रू नभएको भए ठुलो हताहती हुनसक्थ्यो । विमानमा भएका यात्रुहरुले यो घटनापछि आफूहरुले नयाँ जीवन प्राप्त गरेको बताएका छन् ।

फ्लाईदुबईको विमानमा सवार एक यात्रुले आफ्ना श्रीमान्ले विमानभित्र रहेका ‘आतंकवादी’लाई नियन्त्रणमा लिन सहयोग गरेको बताएकी छन्। च्यानल १२ सँग कुरा गर्दै मीताल नामकी ती महिलाले विमानको ककपिटमा रहेका चालक दलका एक सदस्यले विमान क्र्यास गराउने प्रयास गरेको र यात्रुहरूले उनलाई नियन्त्रणमा लिएको बताइन्।

उनका अनुसार, कसैले ‘चक्कु प्रहार भइरहेको छ’ भनेर चिच्याएपछि उनका श्रीमान्ले तत्काल अवस्था बुझेका थिए। त्यसपछि उनी विमानको अगाडिको भागतर्फ दौडिएका थिए। त्यहाँ अन्य इजरायली यात्रुहरूसँग मिलेर उनीहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएको मीतालले बताइन्।

मीतालले विमानभित्र चक्कु प्रहार भएको र धेरै रगत बगेको समेत बताएकी छन्। “हामी निकै भावुक र अत्यन्त तनावमा छौँ। मलाई यसबारे बोल्न पनि निकै गाह्रो भइरहेको छ,” उनले भनिन्। विमानमा सवार अर्का एक पुरुषले आफ्नो परिवारसँग कुरा गरेको भिडियोसमेत सार्वजनिक भएको छ।

उनले विमान नियन्त्रणमा लिन खोज्ने एक ‘आतंकवादी’ लाई नियन्त्रणमा लिन आफू पनि संलग्न भएको बताएका छन्। उनका अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिएर बाँधेर राखिएको थियो। दुई पाइलटबीच हिंसात्मक झडप भएपछि विमानलाई साउदी अरबतर्फ मोडिएको हो ।

फ्लाइ दुबईको उडान नम्बर एफजेड–१०७३ बुधबार साउदी अरबको तबुक स्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा सुरक्षित अवतरण गरेको हो । विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाइ दुबईले जनाएको छ ।

सुरुमा विमानबाट आपतकालीन संकेत प्रसारण भएपछि इजराइलले लडाकु विमानसमेत पठाएको सिएनएनले जनाएको छ । तर इजराइली अधिकारीहरूले पछि यो घटना अपहरण नभएको बताएका थिए । तर पछि जाँच गरेपछि भने आतंकबादी कार्य नै भनेका छन् ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार विमानले सुरुमा ‘७७००’ कोड प्रसारण गरेको थियो। यो सामान्य आपत्कालीन अवस्थाको संकेत हो। त्यसपछि विमानले ‘७५००’ कोड प्रसारण गरेको थियो। यो विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको आशंका जनाउने संकेत हो। पछि फेरि ‘७७००’ कोड प्रसारण गरिएको थियो ।

विमानको उचाइ पनि केही समयमै तीव्र रूपमा घटेको थियो । फ्लाइट ट्र्याकिङ तथ्यांक अनुसार विमानले दुई मिनेटभन्दा केही बढी समयमा करिब १७ हजार ४०० फिट उचाइ गुमाएको थियो । अर्को विवरण अनुसार विमान करिब ३३ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो ।

घटनाबारे जानकारी पाएपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्रीले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए । इजराइली सेनाका अनुसार आपत्कालीन संकेत आएपछि इसराइली वायुसेनाका लडाकु विमानहरू पनि परिचालन गरिएका थिए ।

इजराइली अधिकारीहरूले विमानमा ठूलो दुर्घटना हुनबाट जोगिएको बताएका छन् । यात्रु र चालक दलका सदस्यहरूले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ। विशेषगरी झडप कसरी सुरु भयो र त्यस क्रममा विमानको नियन्त्रणमा कस्तो असर परेको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

विमान तबुकमा अवतरण गरेपछि यात्रुहरू सुरक्षित रहेको फ्लाइदुबईले पुष्टि गरेको हो । कम्पनीले सम्बन्धित अधिकारीहरूसँग मिलेर घटनाको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । इजराइल र साउदीबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन ।

त्यसैले इजराइली यात्रुहरूलाई तबुकबाट तेल अभिभ फर्काउने विषयमा पनि विशेष समन्वय आवश्यक परेको छ । फ्लाइदुबईले यात्रुहरूलाई इजराइल फर्काउन अर्को विमान पठाउने तयारी गरेको बताइएको छ ।

राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्विरले तेल अभिभतर्फ आउँदै गरेको फ्लाईदुबईको विमानमा भएको भनिएको घटनाले इजरायलले क्षेत्रभर आफ्नो सैन्य अभियान अझ तीव्र बनाउनुपर्ने देखाएको बताएका छन्। उनले भने, “भगवानलाई धन्यवाद र बहादुर यात्रुहरूलाई धन्यवाद। तर इजरायलको सुरक्षा रणनीतिलाई अब अर्को स्तरमा लैजानुपर्छ।”

उनले इरान, लेबनान, गाजा तथा जुडिया एन्ड सामरियामा अर्थात् वेस्ट बैंकका क्षेत्रमा “पूर्ण विजय हासिल नभएसम्म अभियान रोक्न नहुने” बताए। यसैबीच, अर्थमन्त्री बेजालेल स्मोट्रिचले विमान खसालेर १८० इजरायलीको हत्या गर्ने प्रयास गरेको व्यक्ति दोषी प्रमाणित भए कडा कारबाही हुनुपर्ने बताएका छन्।

उनले यस्तो प्रयासमा संलग्न व्यक्ति मात्र नभई त्यसका पछाडि रहेको कुनै देश वा आतंकवादी संगठन भए त्यसले पनि जिम्मेवारी लिनुपर्ने बताएका छन्। यता ब्लु एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेनी गान्ट्जले विमानभित्र वास्तवमा के भयो भन्ने क्रमबारे निष्कर्ष निकाल्न अझै चाँडो हुने बताएका छन्।

उनले संकटको समयमा यात्रुहरूले देखाएको साहस र सुझबुझको प्रशंसा गरेका छन्। यस्तै प्रकृतिको घटना यसअघि पनि व्यावसायिक विमानमा भएको थियो। सन् २०२२ मा जेनेभाबाट पेरिसतर्फ उडेको एयर फ्रान्सको विमानमा दुई पाइलटबीच ककपिटमै हात हालाहाल भएको थियो।

चालक दलका अन्य सदस्यहरूले उनीहरूलाई छुट्याएका थिए। विमान भने सुरक्षित रूपमा गन्तव्यमा पुगेको थियो । यता इजरायलका लागि पनि यो घटना २००१को जस्तै हुनसक्थ्यो । इजरायली सुरक्षा अधिकारीहरुले अहिले प्लेन सुरक्षित अवतरण भएकोमा यसलाई चमत्कार भनेका छन् ।

च्यानल १२ को रिपोर्ट अनुसार, फ्लाईदुबईको साउदी अरबमा इमरजेंसी ल्याण्डिंग भएको यो विमानमा सादा पोषाकमा अन्य पाइलटहरुको अर्को टोली पनि थियो । सोही टोलीका एक पाइलटले विमानको कंट्रोल आफ्नो हातमा लिएका थिए ।

इजरायलका एक सीनियर अधिकारीले भनेका छन कि यदी ती पाइलट विमानमा हुँदैन थिए भने त यो घटना ११ सेप्टेम्बर २००१ को हमला जुन नाइन इलेभेनका नामले पनि चिनिन्छ, वा १९७६ को एंटेबे बंधक घटना जस्तै हुनसक्थ्यो । या त विमानमा भएका यात्रुहरुलाई बन्धक बनाउन सक्थे वा इजरायलमा प्रवेश गरेर कुनै भवनमा ठोक्किन सक्ने अधिकारीहरुको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top