१५ असोज , काठमाण्डौ ।
नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको भाउ बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थिर रहेको सुनको भाउ आज तोलामा एक हजार पाँच सय रूपैयाँ बढेर प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँ कामय ।
बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढ्यो ।
बिहीबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज चार हजार चार सय ५० रूपैयाँमा कारोबार हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँले बढी ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



