१९ असोज , काठमाण्डौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै ।
निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म नामावलीविरुद्ध दाबी–विरोधका लागि समय छुट्याइयो ।

दाबी–विरोधमाथि जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ भने मतदाताको अन्तिम नामावली राति साढे ८ बजे प्रकाशन गरिने।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने मतदान भने बिहीबार बिहानदेखि हुने कांग्रेस निर्वाचन समितिको भनाइ ।

यसैबीच, महाधिवेशनअन्तर्गतको बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदनमाथि छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान महाधिवेशनस्थल खुलामञ्चमै बस्ने ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार १९ र २० गते हुने बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका ।



