कांग्रेसमा सभापतिको उम्मेदवारी दस्तुर ४० हजार, बाँकी पदमा कति ?

१९ असोज ८३, सोमबार
Share this
733shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा पदअनुसार फरक–फरक मनोनयन दस्तुर बुझाउनुपर्ने ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मनोनयन दस्तुरसम्बन्धी विवरणअनुसार सभापति पदका उम्मेदवारले ४० हजार रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ मनोनयन दस्तुर तोकियो ।

Advertisement

सहमहामन्त्री पदमा उम्मेदवारी दिनेले २० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि भने ११ हजार रुपैयाँ मनोनयन दस्तुर निर्धारण गरिएको निर्वाचन समितिको भनाइ ।

निर्वाचन समितिले सार्वजनिक गरेको दस्तुरसम्बन्धी विवरणअनुसार सबैभन्दा बढी सभापति पदका उम्मेदवारका लागि ४० हजार रुपैयाँ तोकिएको छ भने सबैभन्दा कम केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण ।

Advertisement

निर्वाचन समितिका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ भने त्यसपछि साँझ ५ बजेदेखि साढे ६ बजेसम्म नामावलीविरुद्ध दाबी–विरोधका लागि समय छुट्याइयो ।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने मतदान भने बिहीबार बिहानदेखि हुने कांग्रेस निर्वाचन समितिको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top