१९ असोज , काठमाण्डौ ।
नेपालमा गएको भदौ १० मा गएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनस्र्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ।


होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय, एसियन होन्डा मोटर कम्पनी लिमिटेडले थाई रेडक्रस सोसाइटी मार्फत उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
यस कठिन घडीमा होन्डाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायु प्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना समेत गरेको छ।




