महिला सशक्तीकरणका लागि वल्र्डलिङ्कको ३ दिने सीपमूलक तालिम सम्पन्न

१९ असोज ८३, सोमबार
Share this
675shares

१९ असोज , काठमाण्डौ ।

Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व द्धारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम अन्र्तगत तिन दिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ ।

जहां छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

Advertisement

तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Advertisement

तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारी सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो ।

वल्र्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन्।

उनले भनिन्, महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु हो।

सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिने उनले विश्वास व्यक्त गरेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top