२२ असोज , काठमाण्डौ ।
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले गराए जानकारी।
समाचारअनुसार कार्डियक अरेस्टका कारण आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको उल्लेख ।

उनलाई बचाउन चिकित्सकहरूले करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिए पनि सफल हुन नसकेको बताए ।
नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो ।

सन् १९५१ मा महाराष्ट्रमा जन्मिएका उनले सन् १९७८ को ‘गमन’बाट फिल्मी यात्रा सुरु गरेका थिए ।
‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘राजनीति’ र ‘वेलकम’जस्ता चलचित्रमा उनको अभिनय निकै चर्चित रह्यो।
गम्भीर तथा शक्तिशाली भूमिकासँगै हास्य पात्रमा समेत आफूलाई प्रमाणित गरेका पाटेकर अभिनेता मात्र नभई निर्देशक, निर्माता र लेखकका रूपमा पनि सक्रिय थिए ।
उनको विशिष्ट संवाद शैली र दमदार अभिनयले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएको थियो ।
उनको निधनले हिन्दी तथा मराठी फिल्म उद्योगमा ठूलो क्षति पुगेको भन्दै बलिउड अभिनेताहरुद्धारा शोक व्यक्त ।



