चाडपर्व खर्च दिन श्रम तथा सुरक्षा विभागको ताकेता

२६ असोज ८३, सोमबार
Share this
757shares

२६ असोज , काठमाण्डौ ।

Advertisement

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा उद्योग, व्यवसायी र निजी विद्यालयका छाता सङ्गठनलाई श्रमिक, शिक्षक तथा कर्मचारीलाई कानुनबमोजिम चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन ।

श्रम ऐन २०७४ को दफा ३७ कार्यान्वयन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्राचार, प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम वार्षिक चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था प्रभावकारी रूपमा लागू गर्न आग्रह ।

Advertisement

असोज २३ गते निजी क्षेत्रका रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिन पत्राचार गरिएकामा असोज २६ गते प्याब्सन र एन–प्याब्सनलाई पनि पत्र पठाउँदै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन । कानुनले तोकेको सुविधा उपलब्ध गराउन रोजगारदाता र शैक्षिक संस्थालाई विभागको ताकेता ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top