आजको मौसमः हिमाली र पहाडी भू–भागमा बदली

३० असोज ८३, शुक्रबार
Share this
799shares

३० असोज , काठमाण्डौ ।

Advertisement

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको भने आज र भोलि पश्चिमी न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहने ।

Advertisement

आज दिउँसो हिमाली भू–भागमा साधारणतया बदली रहने छ भने पहाडी भू–भागमा आंशिक बदली रहने ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने ।

Advertisement

हिमाली भू–भागका थोरै स्थानमा, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना ।

राति हिमाली भू–भागमा साधारणतया बदली रहने छ भने पहाडी भू–भागमा आंशिक बदली रहने ।

तराईका केही स्थानमा बिहानपख हुस्सुकुहिरो लाग्यो । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top