३० असोज , काठमाण्डौ ।
अविरल वर्षापछि म्याग्दीमा आएको बाढीपहिरोको अवलोकन गर्न पुगेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीबिच बाढीपहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत ढुवानी गर्ने विषयलाई लिएर चर्काचर्की ।
राहत वितरणमा असन्तुष्टि जनाउने स्थानीय जनप्रतिनिधिलाई पुनले ‘छोटो बुद्धि’ भएको भनी टिप्पणी गरेपछि जुग्जालीले गरे प्रतिवाद ।

विपद्का बेला रातदिन खटिने जनप्रतिनिधिलाई अपमान गरिएको भन्दै पुनलाई आफ्नो अभिव्यक्ति सच्याउन पूर्वमन्त्री जुग्जालीको माग ।
फिल्डमा खटिएर जनताको सेवा गर्ने जनप्रतिनिधिको मनोबल गिराउने गरी टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त ।

सामाजिक सञ्जालको प्रभाव देखाएर जनप्रतिनिधिलाई बदनाम नगर्न चेतावनी ।
जुग्जालीको आक्रोशपछि विपद्का बेला खर्चभन्दा मानिसको ज्यान ठुलो हुने र त्यस्तो अवस्थामा विरोध गर्नु छोटो बुद्धि नै भएको मन्त्री पुनको दाबी ।
आफूले जनप्रतिनिधिलाई अपमान नगरेको जिकिर ।
टेलिफोन सम्पर्क नभएका कारण स्थानीय प्रशासन र सेनाको तालिकाअनुसार नै राहत सामग्री पठाइएको दाबी ।
समन्वयको पहल स्थानीय तहका अध्यक्षहरूले पनि गर्नुपर्ने तर्क ।
पाखापानीका वडाध्यक्षले २३ हजारको चामल लैजान हेलिकप्टर चार्टर गरिएको र मंगला गाउँपालिकाका अध्यक्षले समन्वय नगरी हेलिकप्टर पठाएको भन्दै ठाडो विरोध गरेको मन्त्री पुनको भनाइ ।



