इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा

२ कात्तिक २०८३, सोमबार
Share this
710shares

२ कार्तिक , काठमाण्डौ ।

Advertisement

फ्रान्सपछि इटालीमा पनि हिसात्मक प्रर्दशन ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीद्वारा बढ्दो महँगी र जीवनयापनको उच्च लागतविरुद्ध देशका विभिन्न सहरमा भएका प्रदर्शनका क्रममा हिंसा तथा तोडफोड भएको भन्दै कडा निन्दा ।

Advertisement

मेलोनीले शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको महत्त्वपूर्ण हिस्सा भए पनि राजनीतिक हिंसा, सुरक्षाकर्मीमाथि आक्रमण र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने गतिविधि स्वीकार्य नहुने बताइन ।

सामाजिक सञ्जाल एक्समार्फत उनले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने हजारौँ नागरिकको सम्मान गर्दै विरोध प्रदर्शन गर्ने अधिकारको संरक्षण हुनुपर्ने बताइन ।

Advertisement

शान्तिपूर्ण प्रदर्शनकारी र हिंसात्मक गतिविधिमा संलग्न समूहबीच स्पष्ट भिन्नता गर्नुपर्नेमा जोड ।

प्रदर्शनका क्रममा विभिन्न सहरमा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार र तोडफोडका घटना भएका थिए।

मिलानमा ढुंगा प्रहारबाट केही सुरक्षाकर्मी घाइते भएपछि केही स्थानमा जुलुस रोक्नुपरेको मेलोनीको भनाइ ।

प्रधानमन्त्री मेलोनीले विपक्षी दलका नेताहरूलाई समेत सडकमा हुने हिंसाविरुद्ध स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरिन् ।

हिंसाबारे मौन बस्दा त्यसलाई अप्रत्यक्ष रूपमा जायज ठहर गर्ने आधार बन्न सक्ने उनको भनाइ ।

प्रदर्शनमा मिलानमा मात्रै पाँच हजारभन्दा बढी मानिस सहभागी भएका थिए।

विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा बढ्दो महँगी, न्यून ज्याला, सार्वजनिक स्वास्थ्य सेवामा अपर्याप्त बजेट तथा सरकारी विद्यालयको कमजोर अवस्थाको विरोध गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top