२ कार्तिक , काठमाण्डौ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै ।
लिग–२ मा छैटौँ स्थान सुरक्षित गर्न नेपाललाई ओमानविरुद्ध जित्नैपर्ने दबाब ।

ओमानको अल अमिरात रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने ।
नेपालले ओमानलाई पराजित गर्न सके लिग–२ को छैटौँ स्थान पक्का गर्नेछ ।

अन्यथा नेपाल सातौँ स्थानमै रहेर प्रतियोगिता टुंग्याउनेछ ।
नेपाल पराजित भए क्यानडाले शीर्ष ६ मा स्थान सुरक्षित गर्नेछ ।
नेपालले यसअघि नै एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर गुमाइसकेको छ ।
यद्यपि, नेपालले प्लेअफ खेल्नेछ ।
नेपाल ३५ खेलबाट २८ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ ।
ओमान भने ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ ।
ओमानले एकदिवसीय विश्वकपको छनोटमा आफ्नो स्थानसमेत सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको सुरुआती दुई खेलमा नेपालले ओमान र क्यानडालाई पराजित गरेको थियो ।
तर, पछिल्लो खेलमा नेपाल क्यानडासँग पराजित भयो ।
ओमानले पहिलो खेलमा क्यानडालाई हराए पनि त्यसपछि नेपाल र क्यानडासँग हार बेहोरेको थियो ।
आजको खेल नेपालका लागि लिग–२ को अन्तिम स्थान निर्धारण गर्ने महत्त्वपूर्ण अवसर ।



