५ कार्तिक , काठमाण्डौ ।
बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट ।
आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको प्रहरीको भनाइ ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ः२० बजे इद्दु खानको घरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो।
आगलागीको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा अपरान्ह आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ ।
आगलागीबाट साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्णरूपमा जले ।
त्यस्तै, जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घरसमेत आगलागीमा परी नष्ट ।



