विद्या भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने

५ कात्तिक २०८३, बिहीबार
Share this
737shares

५ कार्तिक , काठमाण्डौ ।

Advertisement

पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन जाने ।

सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हुने ।

Advertisement

भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव राजकुमार राईले दिए जानकारी ।

Advertisement

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गर्ने फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी हुने ।

सीपीआईएफएका अनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले फोरममा सहभागिता जनाउने निश्चित ।

बदलिँदो विश्व व्यवस्थाबीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबरस्पेस तथा अन्तरिक्ष शासनका चुनौती र कृत्रिम बुद्धिमत्ता (एआई)को सुरक्षित प्रयोगलगायत विषयमा फोरममा छलफल हुने ।

नेपालको पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेताका रूपमा भण्डारीको फोरममा सहभागितालाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा नेपालको प्रतिनिधित्वका दृष्टिले समेत महत्त्वपूर्ण मानिदै ।

सक्रिय राजनीतिमा फर्किएपछि उनको पहिलो विदेश भ्रमण भएकाले चीन भ्रमणलाई राजनीतिक वृत्तमा समेत चासोका साथ हेरिदै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top