७ कार्तिक , काठमाण्डौ ।
विजया दशमीको टीकाको चौथो दिन आज पनि नेपालीले मान्यजन तथा आफन्तको हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाउदै ।
नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट रातो टीका र जमरा लगाई आशीर्वाद लिने क्रम आज पनि जारी ।

बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी बुधबार परेको थियो।
मुख्य दिन टीका थाप्न नभ्याएका तथा विभिन्न कारणले आफन्तकहाँ पुग्न नसकेकाहरूले आज आफन्त र मान्यजनको घरमा पुगेर टीका ग्रहरण गर्दै ।

विजया दशमीको दिनलाई टीका लगाउने मुख्य दिन मानिए पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा ।
यही परम्पराअनुसार दसैँको टीका लगाउने, लगाइदिने तथा आशीर्वाद लिनेदिने क्रम अझै जारी ।
भोलि कोजाग्रत पूर्णिमाको टीका लगाएसँगै बडादशैं समाप्त हुने ।



