९ कार्तिक , काठमाण्डौ ।
देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने पूर्वाधार विकासमन्त्री सुनिल लाम्सालले गरे योजना सार्वजनिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी दिएका हुन्।

मन्त्री लाम्सालका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माण प्रक्रिया अघि बढाइएको उल्लेख ।
प्रस्तावित रंगशालामा कम्तीमा ८ हजार दर्शक अट्ने क्षमता र रातिको समयमा खेल सञ्चालन गर्न फ्लडलाइटको व्यवस्था गरिने ।

सरकारले तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको मन्त्री लाम्सालको भनाइ ।
यी रंगशाला निर्माण भएपछि एनपीएललाई देशका विभिन्न सहरमा विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा थप योगदान पुग्ने अपेक्षा ।
क्रिकेट संघ (क्यान) लाई पनि सरकारको योजनाअनुसार आवश्यक तयारी अघि बढाउन मन्त्री लम्सालको आग्रह ।
नेपाली क्रिकेटको पर्वका रूपमा हेरिएको एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै ।
प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजना सार्वजनिक गरेका हुन्।
योजना कार्यान्वयनमा आएमा देशका विभिन्न सहरमा क्रिकेट खेलको पहुँच विस्तार हुनुका साथै खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर र क्रिकेटप्रेमीले आफ्नै सहरमा प्रतियोगिता हेर्न पाउने सम्भावना बढ्ने विश्वास ।



