११ कार्तिक , काठमाण्डौ ।
दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री शाहसँगै नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्का र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेपछि चर्चा ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष शाहले मंगलबार खुमबहादुर खड्काको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनको पोस्टमा मिश्रित प्रतिक्रिया ।

वडाध्यक्ष शाहले तस्बिरसँग कुनै विवरण लेखेका छैनन्।
यद्यपि, सामाजिक सञ्जालमा धेरैले सकारात्मक टिप्पणी गरेका छन्।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसका दिवंगत नेताको तस्बिर आफ्नो कार्यकक्षमा राखेको विषयले चासो बढायो ।
यसअघि वडाध्यक्ष शाहको एमालेबाटै निर्वाचित घोराहीका मेयर नरुलाल चौधरीसँग विवाद भएको थियो।
विवादपछि उनी निलम्बनमा परेका थिए भने पार्टीले समेत उनीमाथि अनुशासनको कारबाही गरेको थियो।
पछि अदालतबाट पुनर्बहाली भएपछि उनी पुनः कार्यालय फर्किएका थिए।



