१२ कार्तिक,काठमाण्डौ ।
स्पेनको मध्यभागमा बुधबार बिहान भएको भीषण रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा यात्रु घाइते ।
राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको तीव्र गतिको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना ।

दुर्घटनापछि रेलका धेरै डिब्बा लिकबाट तल खसेका थिए।
उद्धार कार्यमा संलग्न टोलीले भग्नावशेषबाट यात्रुहरूको उद्धार गरेका थिए ।

स्पेनका यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान ।
दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको उल्लेख ।
प्रत्यक्षदर्शी यात्रुहरूले ठक्करपछि मानिसहरू हावामा उछिट्टिएको, धेरै यात्रु डिब्बाभित्रै फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताए ।
दुर्घटना मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा पर्ने मोरा र ओर्गाज नगरपालिकाबीच स्थानीय समयअनुसार बिहान ९ बजेपछि भएको थियो।
यस घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा हेरिएको छ।



