नेतान्याहु र आइजेनकोटले पाएनन् बहुमत, अबको विकल्प के ?

१२ कात्तिक २०८३, बिहीबार
Share this
727shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

इजरायलमा निर्वाचनको ८५.६ प्रतिशत मतगणना सकिँदा पनि कुनै दल वा गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनमा राजनीतिक गतिरोध ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट र उनका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोटको गठबन्धनले ४८ सिट प्राप्त गरे ।

Advertisement

अरब दलहरूले सामूहिक रूपमा १९ सिट पाएका छन्।

१२० सदस्यीय संसद्मा सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्नै ।

Advertisement

सरकार गठनका लागि अहिले चार सम्भावित विकल्पबारे चर्चा पहिलो, नेतान्याहु र आइजेनकोटबीच राष्ट्रिय एकताको सरकार बनाउने।

दोस्रो, अरब दलहरूको समर्थनमा आइजेनकोट नेतृत्वको सरकार गठन गर्ने। तेस्रो, नेतान्याहुले विपक्षी खेमाका दक्षिणपन्थी दलहरूलाई आफ्नो गठबन्धनमा समेट्ने प्रयास गर्ने।

अनि चौथो विकल्पका रूपमा नयाँ निर्वाचन गराउने सम्भावना ।

आइजेनकोटले चुनावी अभियानमा नेतान्याहुलाई सत्ताबाट हटाउने प्रतिबद्धता जनाएका थिए।

त्यस्तै, विपक्षी दक्षिणपन्थी नेताहरूले पनि नेतान्याहुसँग सहकार्य गर्न कठिन हुने संकेत दिएका छन्।

यदि कुनै पक्षले बहुमत जुटाउन सकेन भने इजरायलमा पुनः निर्वाचन हुन सक्छ।

यसले देशलाई थप राजनीतिक अनिश्चिततामा धकेल्ने सम्भावना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top