‘अर्नब’को प्रभावले देशभर वर्षा, राति भारी वर्षाको सम्भावना

१३ कात्तिक २०८३, शुक्रबार
Share this
709shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण देशका विभिन्न स्थानमा वर्षा जारी ।

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा लगातार वर्षा ।

Advertisement

नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्ने ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ।

Advertisement

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा अन्य भूभागका धेरै स्थानमा वर्षा र हिमपात हुन सक्ने ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान ।

मौसमविद् विनोद पोखरेलका अनुसार रातभर कोशीदेखि बागमतीसम्म हल्का वर्षा भएको र मध्यरातपछि लुम्बिनी र गण्डकीका पूर्वी क्षेत्रमा पनि वर्षा जारी ।

उनका अनुसार आज दिनभर वर्षा जारी रहनेछ भने अपराह्न वा साँझदेखि पूर्वी नेपालका धेरै क्षेत्रमा भारी वर्षा हुन सक्ने ।

विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन आग्रह ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top