१३ कार्तिक , काठमाण्डौ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको सर्वोच्च अदालतको फूलकोर्ट बैठक जारी ।
आज बिहान ठिक ९ बजे सुरु भएको बैठकमा बिहीबार सार्वजनिक भएको न्यायाधीश र बिचौलिया इनम सापकोटाबीचको कुराकानी तथा प्रधानन्यायाधीश शर्माको नाममा भएको भनिएको रकम लेनदेनका विषयमा छलफल भइरहेको उल्लेख ।

त्यस्तै, संवैधानिक इजलाससम्बन्धी विवादबारे पनि बैठकमा कुरा उठ्ने जानकारी ।
फूलकोर्ट बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल भने विदेशमा रहेकाले अनुपस्थित ।

न्यायाधीश हरि फुयालसहित अन्य सबै न्यायाधीश बैठकमा सहभागी ।
शुक्रबार बिहान इजलासका लागि गोला प्रक्रियाअघि फूलकोर्ट बैठक बोलाइएको हो ।



