१३ कार्तिक , काठमाण्डौ ।
नेपालको घरेलु अडियो तथा वेयरेबल टेक्नोलोजी ब्रान्ड अल्टिमा लाइफस्टाइलले विराटनगरमा आफ्नो १२औँ आधिकारिक आउटलेट विस्तार गर्ने भएको छ। नोभेम्बर १ अर्थात् कात्तिक १६ गते विराटनगरस्थित सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा नयाँ आउटलेट उद्घाटन हुन लागेको हो।
आउटलेट उद्घाटनसँगै कम्पनीले ग्राहकका लागि विशेष छुट, नयाँ उत्पादन सार्वजनिक तथा आकर्षक पुरस्कार जित्ने अवसरसमेत ल्याएको छ। विशेषगरी विराटनगरस्थित नयाँ आउटलेटमा मात्र सञ्चालन हुने ‘स्पिन एन्ड विन’ अभियानमार्फत ग्राहकले जोडीका लागि थाइल्यान्ड भ्रमण जित्न सक्नेछन्।

कम्पनीका अनुसार नोभेम्बर १ देखि ११ सम्म सञ्चालन हुने ‘क्रेजी ११.११’ अभियान नेपालभरका अल्टिमा आउटलेटमा लागू हुनेछ। अभियानअन्तर्गत विभिन्न लोकप्रिय उत्पादनमा विशेष छुटको व्यवस्था गरिएको छ। जसअनुसार अल्टिमा थन्डर स्मार्टवाचको मूल्य २९ हजार ९९९ रुपैयाँबाट घटाएर १३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, बूम एक्स १ प्रो इयरबड्स २ हजार ९९९ रुपैयाँको सट्टा १ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ। यसैगरी, २.४ के अल्ट्रा लोअरब्याक पावर बैंक ७ हजार ४९९ रुपैयाँबाट घटाएर ३ हजार ९९९ रुपैयाँ, एटम डी२० इयरबड्स २ हजार ४९९ रुपैयाँको सट्टा १ हजार १११ रुपैयाँ तथा बड्स २ (ANC सहित) ३ हजार ४९९ रुपैयाँको सट्टा २ हजार १११ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

अभियानमा क्लियर माइक्रोफोन र एस२० स्पिकरलगायतका उत्पादनमा पनि विशेष छुट उपलब्ध हुनेछ। यसै अवसरमा अल्टिमा लाइफस्टाइलले चार नयाँ स्मार्टवाचसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले ग्याम, पियर, दिवा र ई२०० एक्स२ स्मार्टवाच बजारमा ल्याउन लागेको हो।
नयाँ स्मार्टवाचमध्ये ग्यामको सार्वजनिक मूल्य ८ हजार ९९९ रुपैयाँ भए पनि लन्च अफरमा ६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। त्यस्तै, पियर ५ हजार ९९९ रुपैयाँ, दिवा ४ हजार ९९९ रुपैयाँ र ई२०० एक्स२ ४ हजार ३९९ रुपैयाँको विशेष लन्च मूल्यमा खरिद गर्न सकिनेछ।
नयाँ स्मार्टवाचमा आधुनिक डिजाइनसँगै स्वास्थ्य तथा फिटनेस ट्र्याकिङलगायतका सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ। ग्याम र पियरमा १.३२ इन्चको अल्ट्रा एमोलेड डिस्प्ले उपलब्ध छ भने दिवामा १.७२ इन्चको एचडी डिस्प्ले, जिंक अलोय बडी र म्याग्नेटिक मेटालिक स्ट्र्याप दिइएको छ।
विराटनगरमा नयाँ आउटलेट विस्तारसँगै अल्टिमा लाइफस्टाइलले पूर्वी नेपालको बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्य राखेको छ। नयाँ आउटलेटबाट ग्राहकले स्मार्टवाच, इयरबड्स, हेडफोन, स्पिकर तथा पावर बैंकलगायतका उत्पादन प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्।
नोभेम्बर १ देखि बिहान १० बजेबाट सुरु हुने क्रेजी ११.११ अभियान र विराटनगर आउटलेटमा मात्र उपलब्ध स्पिन एन्ड विनले ग्राहकलाई किनमेलसँगै पुरस्कार जित्ने अवसर प्रदान गर्ने कम्पनीको अपेक्षा छ।
अल्टिमा लाइफस्टाइलले विराटनगर तथा आसपासका ग्राहकलाई सेन्ट्रल मलको ग्राउन्ड फ्लोरमा रहेको नयाँ आउटलेट भ्रमण गरी विशेष अफर तथा पुरस्कार योजनामा सहभागी हुन आमन्त्रण गरेको छ।



