१३ कार्तिक , काठमाण्डौ ।
पछिल्लो तीन महिनामा मुलुकको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ पहिलो त्रैमास (साउन–असोज) मा सार्वजनिक ऋण आकार अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै ३० खर्बको आँकडा छोयो।

गत आव २०८२÷८३ अन्तिमसम्म अर्थात् असार २०८३ सम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब बराबर थियो ।
चालु आव पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ ऋण लिएको छ ।

यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर ऋण तिरेको छ ।
यस अवधिमा विनिमय दरका कारण १८ अर्ब १६ करोड बराबर नाफा हुँदा समग्रमा तिर्न बाँकी ऋण ३० खर्ब ९ अर्ब ११ करोड पुगेको हो ।
यसमध्ये आन्तरिक ऋण १४ खर्ब १० अर्ब र वाह्य ऋण १५ खर्ब ९८ अर्ब बराबर पुगेको कार्यालयको जानकारी ।
नेपालको सार्वजनिक ऋणमा आन्तरिक ऋण हिस्सा ४६.८७ प्रतिशत र वाह्य ऋण हिस्सा ५३.१३ प्रतिशत कायम ।
३० खर्ब सार्वजनिक ऋणलाई जनसंख्यामा भाग लगाउँदा प्रत्येक नेपाली बराबर १ लाख रुपैयाँभन्दा माथि ऋणभार



