१३ कार्तिक , काठमाण्डौ ।
शुक्रबार सेयर बजारमा सामान्य गिरावट ।
कारोबारको अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ५.४५ अङ्कले घटेर २६९०.१५ विन्दुमा बन्द ।

परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक देखियो ।
आज ३४८ वटा कम्पनी तथा धितोपत्रका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर ७४ हजार ५४ पटकको खरिदबिक्रीबाट कुल ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार ।

कारोबार भएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य घट्यो ।
कुल १६९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १०२ कम्पनीको मूल्य बढ्यो ।
बाँकी ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर ।
आज विकास बैंक समूहमा सर्वाधिक १.६१ प्रतिशत वृद्धि हुँदा बैंकिङसहित ८ सूचक घटे ।
आज पनि बेनी हाइड्रोपावर सर्वाधिक कमाउने कम्पनी बन्यो ।
कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रह्यो।
यस कम्पनीको ३८ करोड ४८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार ।



