शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने

१३ कात्तिक २०८३, शुक्रबार
Share this
774shares

१३ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने ।

देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।

Advertisement

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ ।

Advertisement

निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने ।

यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने ।

भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले दिए जानकारी ।

१५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top