१६ कार्तिक , काठमाण्डौ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको भन्दै देशका विभिन्न स्थानमा मौसम बदली हुनुका साथै केही हिमाली जिल्लामा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको जानकारी ।
महाशाखाका अनुसार देशभर आंशिक रूपमा मौसम बदली भएको र दार्चुला, बझाङ र हुम्ला जिल्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको उल्लेख ।

आज देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना ।
त्यसैगरी, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान ।

आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागको भनाइ ।
पश्चिमी वायुको प्रभावका कारण मौसममा सामान्य बदली भइरहेकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अवस्थाबारे जानकारी लिन सुझाव ।



