अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु

१६ कात्तिक २०८३, सोमबार
Share this
686shares

१६ कार्तिक , काठमाण्डौ ।

Advertisement

अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु ।

अमेरिकी यातायात मन्त्रीका अनुसार दुर्घटना पाम बीच काउन्टीको क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको हो।

Advertisement

दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा ।

दुर्घटनापछि सार्वजनिक भएका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको, आगो लागेको र विमानका टुक्राहरू छरिएको देखिएको छ।

Advertisement

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दुर्घटनाग्रस्त लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा विमान उपनगरीय आवासीय सडकमा लगभग ठाडो रूपमा खसेर ठूलो आगोको गोलामा परिणत भएको देखिन्छ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले पत्रकार सम्मेलनमा दुर्घटनाको दृश्य निकै भयावह रहेको बताएका छन्।

विमानमा को–को सवार थिए भन्ने विवरण भने सार्वजनिक भएको छैन।

घटनालाई भयावह त्रासदी भन्दै राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को अनुसन्धानमा सहयोग गर्न एफएएले टोली दुर्घटनास्थल पठाइएको अमेरिकी यातायात मन्त्री शोन डफीको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top