एनपीएलमा आज काठमान्डु र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

१६ कात्तिक २०८३, सोमबार
Share this
735shares

१६ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमान्डु गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुने ।

Advertisement

आजको पहिलो खेल दिउँसो १२ः३० बजे काठमान्डु गोर्खाज र कर्णाली याक्सबीच हुनेछ।

दोस्रो खेल खेल्न लागेको काठमान्डु गोर्खाज प्रतियोगितामा पहिलो जितको खोजीमा ।

Advertisement

पहिलो खेलमा जितविहीन रहेको काठमान्डुका लागि आजको खेल महत्वपूर्ण हुने ।

यता कर्णाली याक्स भने लगातार राम्रो प्रदर्शन गर्दै तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने ।

कर्णालीले अहिलेसम्म खेलेका दुई खेलमा जित निकाल्दै चार अङ्क जोडिसकेको छ।

त्यसैले आज पनि जित हासिल गर्दै आफ्नो स्थिति बलियो बनाउने प्रयासमा कर्णाली रहने ।

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने ।

सुदूरपश्चिमले तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ।

चौथो खेलमा जित निकाल्ने दबाबमा रहेको सुदूरपश्चिमका लागि यो खेल महत्वपूर्ण हुने ।

अर्कोतर्फ चितवन राइनोजले दुई खेल खेल्दा एकमा जित र वर्षाका कारण एक खेलमा अङ्क बाँडेको छ।

चितवन अहिलेसम्म अपराजित छ र आफ्नो राम्रो लय कायम राख्ने लक्ष्यमा हुने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top