डोल्पामा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार

१६ कात्तिक २०८३, सोमबार
Share this
718shares

१६ कार्तिक , काठमाण्डौ।

Advertisement

डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका सात जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट ल्याइएको छ ।

Advertisement

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी ।

केही दिनदेखिको भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा भारतीय पर्यटकहरू फसेका थिए ।

Advertisement

आइतबार नै उनीहरूको उद्धार गर्ने तयारी गरिए पनि प्राविधिक समस्याका कारण सम्भव भएको थिएन ।

सुरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी गरिए पनि उड्ने समयमा प्राविधिक समस्या आएको थियो ।

त्यसपछि सिम्रिक एयरको हेलिकप्टर पठाउने तयारी गरिएको थियो ।

तर, आइतबार बेलुका साढे ४ बजे पुनः प्राविधिक समस्या देखिएपछि उद्धार रोकिएको थियो ।

सोमबार बिहान ६ बजे हेलिकप्टर उडाएर उद्धार कार्य अघि बढाइएको थियो ।

बिहान दुई खेपमा पर्यटकहरूको उद्धार गरिएको हो ।

हिमपातमा फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top