१६ कार्तिक , काठमाण्डौ।
प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको ध्यानाकर्षण ।
सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले पाँचबुँदे निर्णय सार्वजनिक गर्दै सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न गर्याे आग्रह ।

पूर्ण बैठकले प्रकाशित तथा प्रसारित समाचारमा उठाइएका विषयको सत्यतथ्य पत्ता लगाई यथाशीघ्र निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई गर्याे अनुरोध ।
त्यस्तै, संविधान र कानुनको सर्वोच्चता तथा कानुनी शासनप्रति आफ्नो प्रतिबद्धता अटल रहेको स्पष्ट पार्दै समाचारमा उठेका विषयको छानबिन तथा अनुसन्धानमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्न र आवश्यक सहयोग गर्न पनि सर्वोच्च अदालत तयार रहेको उल्लेख ।
छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह ।
पूर्ण बैठकले सञ्चारमाध्यममा आएका समाचारबाट विचलित नभई आफ्नो न्यायिक जिम्मेवारीमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई समेत गर्याे आग्रह ।



