१७ कार्तिक , काठमाण्डौ ।
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएर दुर्घटना ।
प्राप्त जानकारीअनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर ल्याण्डिङ गर्ने क्रममा ठोक्किएका हुन्।

दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते।
दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले गरे पुष्टि।
प्रारम्भिक जानकारीमा अवतरणका क्रममा दुई हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाई।
हाल दुर्घटनाको थप विवरण संकलन गरिर्दै ।
दुर्घटना कसरी भयो र यसमा थप क्षति भएको छ वा छैन भन्नेबारे विस्तृत जानकारी आउन बाँकी।



