१७ कार्तिक , काठमाण्डौ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ ।
सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सूचना फैलाएको भन्दै उनलाई कास्कीबाट समातेर गोरखा लगिएको जानकारी ।
गृहमन्त्री सुधन गुरुङको कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा भ्रामक भिडियो तथा सूचना सम्प्रेषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीको दाबी ।
गोरखामा आयोजित कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि उनी पक्राउ ।
उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ ।
गृहमन्त्रीकै निर्देशनमा उनलाई पक्राउ गरिएको नेकपाको आरोप ।
वाईसीएल नेपाल कास्की जिल्ला समन्वय समितिद्वारा उनको निशर्त रिहाइको माग ।



