१७ कार्तिक , काठमाण्डौ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला ।
स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र डिभिजन वन कार्यालयको संयुक्त टोलीद्वारा सुरक्षित रूपमा उद्धार ।

रानाको घरको धुरीमा अजिङ्गर रहेको सूचना इलाका प्रहरी कार्यालय बेलचौतारामा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ कोत्रे प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसैगरी, अजिङ्गरको उद्धारका लागि डिभिजन वन कार्यालय तनहुँबाट सशस्त्र वनरक्षकसहितको टोली पनि खटिएको थियो।
प्रहरी र वन कार्यालयको संयुक्त प्रयासमा घरको धुरीमा रहेको अजिङ्गरलाई सुरक्षित रूपमा बाहिर निकालिएको प्रहरीको भनाइ ।
प्रहरीका अनुसार उद्धार गरिएको अजिङ्गर करिब दुई दशमलव पाँच मिटर लामो र १८ किलोग्राम तौलको रहेको छ।
घरको धुरीमा अजिङ्गर भेटिएपछि स्थानीय त्रसित ।



