१८ कार्तिक , काठमाण्डौ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता ।
मंगलबार साँझ भक्तपुरस्थित ओलीको गुण्डु निवासमा दुई नेताबीच भेटवार्ता ।

थापानिकट स्रोतका अनुसार सभापति थापा अध्यक्ष ओलीलाई भेट्न गुण्डु निवास पुगेका थिए।
उनीहरूबीच साँझ ६ बजेर ५० मिनेटदेखि ७ बजेर ५५ मिनेटसम्म करिब एक घण्टा पाँच मिनेट छलफल भएको जानकारी ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उल्लेख ।
विशेषगरी मधेस प्रदेशको सरकारका विषयमा दुई नेताबीच छलफल भएको जानकारी ।
हाल मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ।
प्रदेशको राजनीतिक अवस्था र सरकारसँग सम्बन्धित विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको उल्लेख ।
यद्यपि, भेटवार्तामा भएका छलफलका विस्तृत विषय र कुनै सहमति भए वा नभएकोबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
इनम सापकोटाको भनिएको अडिओमा गगन थापाको समेत नाम उल्लेख भएको र सरकारविरुद्ध विपक्षीको मोर्चाबन्दी सुरु गरिएको अवस्थामा यो भेटलाई महत्वका साथ हेरिदै ।



