भारतीय प्याज वीरगञ्जमा

२५ मंसिर ७४, सोमबार
Share this
770shares

वीरगञ्ज, २५ मंसिर
भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगञ्ज बजारमा भित्रिने गरेको छ ।

Advertisement

अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् ।

प्याजको लागि मुख्य मण्डी मीनाबजार हो । यहाँ करिब १५ जना थोक व्यापारी छन् । यहाँबाट प्याज पोखरा, काठमाडाँै, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ । वीरगञ्जमा प्याजको मूल्य प्रतिकिलो रु ७२ पर्छ । यहाँका व्यापारीले प्याज खुद्रामा प्रतिकिलो रु १०० मा बिक्री गर्दैआएका छन् ।

Advertisement

चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाकाभएर रु १२ करोड ९३ लाख ६ हजार मूल्य बराबरको ४० लाख १० हजार ८ किलो प्याज भारतबाट नेपाल भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकारी संतोष यादवले बताउनुभयो । यस क्रममा रु ६५ लाख ६८ हजार राजस्व संकलन भएको छ ।

भारतीय बजारबाट दर्जनौ नाका भएर अहिले व्यापारी भारतीय प्याज तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top