१९ कार्तिक , काठमाण्डौ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहद्वारा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापामाथि व्यंग्यात्मक टिप्पणी ।
सांसद सिंहले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई कटाक्ष गर्दै गरे प्रश्न ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको भनिएको अडिओ बयान सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा सुरु ।
उक्त अडिओमा कांग्रेसको आधिकारिकताका लागि १८ करोड रुपैयाँको कारोबार भएको र सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिइएको दाबी गरिएको थियो ।
यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।
यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार फेसबुकमार्फत गलत काम गर्नेहरूलाई सही समयमा जवाफ दिने आशयको टिप्पणी गरेका थिए ।
त्यसको जवाफमा गगन थापाले सोमबार साँझ सामाजिक सञ्जालमा आफू नडराउने बताएका थिए ।
त्यसको भोलिपल्ट मंगलबार साँझ थापा भक्तपुरको गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
यही घटनाक्रमलाई जोड्दै सांसद सिंहले लेखेका छन्, ‘१८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति भन्छन् तर्सिन्नँ। फेरि मुखै हेर्दिनँको घर चहार्दै किन हिँडेको?’



