१९ कार्तिक , काठमाण्डौ ।
जाडोयाम सुरु भएसँगै वायु प्रदूषण बिस्तारै बढ्न थाल्यो ।
नेपालसहित छिमेकी मुलुक भारत, पाकिस्तानमा पनि वायु प्रदूषण बढेको देखियो ।

बिहीबार बिहान सवा १० बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १३४ छ ।
जनस्वास्थ्यका निम्ति यो स्वस्थकर होइन ।
वायु प्रदूषणका हिसाबले यति बेला काठमाडौं विश्वको १०औँ स्थानमा ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, हाल प्रदूषित सहरको सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर (३५५ एक्यूआई) छ ।
त्यसपछि भारतका नयाँ दिल्ली (२७१) र कोलकाता (२०८) छन् ।
पाकिस्तानको कराची १८९ एक्यूआईसहित चौथो स्थानमा छ ।
बंगालदेशको ढाका १७४ एक्यूआईसहित पाँचौँ स्थानमा रहेको छ ।



