१९ कार्तिक , काठमाण्डौ ।
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की आज पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा ।
सरकारले आफूलाई पदमुक्त गर्ने निर्णय कानुनविपरीत भएको भन्दै उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेको कानुन व्यवसायीहरुको भनाइ ।

कार्कीले बुधबार दिउँसो सर्वोच्च अदालत जाने विषयमा कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए ।
तर, समय अभावका कारण बुधबार रिट दर्ता गर्न सम्भव नभएपछि बिहीबार अदालत जाने तयारी गरिएको उनीनिकट कानुन व्यवसायीहरुको भनाइ ।
मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट पदमुक्त गर्ने निर्णय गरेपछि उनले कानुनी उपचार खोज्ने तयारीमा ।
कार्कीलाई पदमुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने सरकारको निर्णय



