१९ कार्तिक , काठमाण्डौ ।
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बिहीबार दुई खेल हुँदै ।
आज हुने खेलमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुने ।

आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुने ।

जारी प्रतियोगितामा लुम्बिनी अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा ।
लुम्बिनीले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा अंक बाँड्दै कुल पाँच अंक जोडेको छ ।
त्यस्तै, जनकपुरले चार खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार बेहोर्दै चार अंकसहित चौथो स्थानमा ।
त्यसैगरी, आज साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुने ।

विराटनगरले चार खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।
चार अंकसहित टोली अंक तालिकाको दोस्रो स्थानमा ।
यता, काठमाडौं गोर्खाजले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ ।
दुई अंकसहित काठमाडौं तालिकाको सातौँ स्थानमा रहेको छ ।
आजका दुवै खेलले अंक तालिकामा टोलीहरूको स्थान परिवर्तन गर्ने सम्भावना रहेकाले प्रतिस्पर्धा रोचक हुने ।



