१९ कार्तिक , काठमाण्डौ ।
मोरङको सुन्दर हरैंचा नगरपालिकाका नागरिकले कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा उपचार गराउँदा १० देखि ५० प्रतिशतसम्म छुट पाउने।
नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर ।

सम्झौताअनुसार नगरपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत पाउने ।
कार्तिक १७ गते नगर प्रमुख केदार प्रसाद गुरागाईं र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनका सञ्चालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले हस्ताक्षर गरेको सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिने ।
समझदारीअनुसार ओपीडी, आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला परीक्षण, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त उपचार, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआईलगायतका सेवामा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने ।
मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीस्थित २०० शय्याको जीवन विकास सामुदायिक अस्पतालमा २४ सै घण्टा आकस्मिक तथा ट्रमा सेवा, आईसीयू, एनआईसीयू, एचडीसीयू, सीसीयू र विशेषज्ञ उपचार सेवासमेत सञ्चालनमा



