२० कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

खेल दिउँसो साढे १२ बजे सुरु हुने ।
तीन खेल खेलेको कर्णाली याक्स अंक तालिकाको तेस्रो स्थानमा ।
कर्णालीले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ।
पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा विराटनगर किंग्स र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो।
लगातार दुई जित निकालेको कर्णाली आज पनि जितलाई निरन्तरता दिने लक्ष्यमा ।
यता सुदूरपश्चिम रोयल्स चार खेलबाट दुई जित र दुई हारसहित अंक तालिकाको छैटौं स्थानमा ।
उसले चितवन र पोखरालाई हराएको थियो भने विराटनगर र लुम्बिनीसँग पराजित भएको थियो।
आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुने ।
५ बजे सुरु हुने खेलमा दुवै टोली जितको खोजीमा ।
तीन खेल खेलेको चितवन एक जित, एक हार र एक खेल वर्षाका कारण रद्द भएपछि सातौं स्थानमा रहदा पोखरा भने तीनै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा ।



