दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

२० कात्तिक २०८३, शुक्रबार
Share this
722shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

प्रहरी महानिरीक्षक आईजीपीबाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता ।

सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।

Advertisement

सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग ।

रिट दर्ता भइसके पनि सुनुवाइको पेसी भने तय हुन बाँकी रहेको सर्वोच्च प्रशासनको भनाइ ।

मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

सरकारले एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ ।

सरकारको निर्णय रोकी पूर्ववत् रूपमा पुनर्बहाली गर्न कार्कीको सर्वोच्चसमक्ष माग ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top