×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपैयाँ २५ पैसा

२५ मंसिर २०७४

काठमाडौँ, २५ मंसिर
स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च÷लागत रहेको पाइएको छ । उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो ।

Advertisement
Advertisement

सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई रु आठ अर्ब ७८ करोड, ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएकामा प्राप्त बजेटमध्ये ७९.३३ प्रति खर्च भएको आयोगबाट उपलब्ध विवरणमा उल्लेख छ ।

आयोगका अनुसार पहिलो र दोस्रो चरणमा गरी जम्मा रु छ अर्ब ३० करोड ३९ लाख नौ हजार ५३८ तथा तेस्रो चरणमा रु ९३ करोड ८९ लाख ७७ हजार ३२८ जम्मा खर्च भएको थियो ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च लागत ५२८ रुपैयाँ ६४ पैसा रहेको थियो भने तेस्रो चरणमा त्यो घटेर ३५२.३४ रहेको आयोगको तथ्याङ्कबाट जानकारी प्राप्त भएको छ ।

Advertisement
Advertisement

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक करोड १४ लाख सात हजार ४७४ तथा तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाता संख्या कायम रहेको थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top