२३ कार्तिक , काठमाण्डौ ।
नेपाल मानव रहित विमान (ड्रोन) संघद्धारा तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका विभिन्न संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिविना जथाभावी ड्रोन उडाइएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण ।
संघले यस्तो गैरकानूनी कार्यले हवाई तथा राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम उत्पन्न गराएको बतायो ।

गृह मन्त्रालयले जारी गरेको ‘ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ र नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा सम्बन्धी प्रचलित प्रावधानको ठाडो उल्लंघन गर्दै लक्ष्मीपूजाको अवसरमा रातिको समयमा ड्रोनहरु उडाइएको संघको भनाइ ।



