छठ पर्व आजदेखि सुरु, चार दिनसम्म सूर्यदेवको पूजा र आराधना

२७ कात्तिक २०८३, शुक्रबार
Share this
758shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

आस्था, श्रद्धा र भक्तिको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुले नुहाइधुवाइ गरी शुद्ध हुने विधि अर्थात् नहाय खाय गर्दै ।

Advertisement

शनिबार खरना मनाइनेछ भने आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुने ।

सन्तान प्राप्ति, रोग निदान तथा परिवारको सुख, शान्ति र कल्याणको कामना गर्दै मनाइने छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरिन्छ।

पर्वलाई लक्षित गर्दै वीरगञ्ज, जनकपुर, विराटनगरलगायत तराई–मधेसका सहरदेखि काठमाडौंसम्मका नदी, पोखरी तथा जलाशयमा छठ घाट निर्माण र सजावटको काम तीव्र ।

काठमाडौंको गुह्येश्वरीदेखि गौरीघाटसम्म ६ सयभन्दा बढी पूजा स्थल निर्माण थालिएको छभने कमलपोखरी र नागपोखरीमा पनि तयारी ।

यस्तै, वीरगञ्जको घडीअर्वा पोखरी, जनकपुरका तालतलैया तथा विराटनगरका सिंघिया र केसलिया खोलामा पनि छठको रौनक ।

बाँसका डाला, नाङ्लो, ढकिया, नरिवल, सक्खरलगायत पूजाका सामग्री किनमेल गर्न सर्वसाधारणको भीड छ।

धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीक मानिने छठ पछिल्लो समय नेपालका विभिन्न समुदाय र पहाडी जिल्लामा समेत विस्तार हुँदै ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top