परराष्ट्रमन्त्री खनाल र राष्ट्र संघका महासचिव बीच भेटवार्ता

२७ कात्तिक २०८३, शुक्रबार
Share this
799shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीएको अन्ताल्यामा उनीहरूबीच भेटवार्ता ।

Advertisement

भेटका क्रममा मन्त्री खनालद्वारा हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसप्रति आभार व्यक्त ।

बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका क्षेत्रमा महासचिवले पु¥याएको योगदानको प्रशंसा ।

महासचिव गुटेरेसद्वारा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रमध्ये नेपालले विश्व शान्ति र स्थायित्वका लागि पु¥याउँदै आएको योगदानको सराहना गरेको उल्लेख ।

भेटमा नेपालको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधार, बहुप्रकोप पूर्वसूचना प्रणाली र जलवायु वित्तमा वृद्धि गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयको भनाइ ।

त्यस्तै, जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको उल्लेख ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top