एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

२७ कात्तिक २०८३, शुक्रबार
Share this
693shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङद्वारा पदबाट राजीनामा दिएको घोषणा ।

कम्पनीको सञ्चालक समितिले बिहीबार उनको राजीनामाबारे जानकारी दियो ।

Advertisement

चिनियाँ महिला एलिस हुआङसँगको प्रेम सम्बन्धका कारण अनुसन्धानमा तानिएका जेन्सेनको कम्पनीकै अर्की महिला कार्यकारीसँग पनि सम्बन्ध रहेको खुलासा ।

द वाल स्ट्रिट जर्नलका अनुसार स्थायी उत्तराधिकारी नियुक्त नभएसम्म कम्पनीकी वित्त प्रमुख कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्ने ।

कम्पनीको सञ्चालक समितिद्वारा नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु ।

यसका लागि कम्पनीभित्रका तथा बाहिरका सम्भावित उम्मेदवारलाई समेत विचार गरिने ।

न्युयोर्क टाइम्सका अनुसार एनभिडियामा पहिले काम गरेका पाँचजनाले जेन्सेनको दोस्रो प्रेम सम्बन्ध कम्पनीकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग रहेको जानकारी दिए ।

यसअघि जेन्सेनले एलिस हुआङसँगको सम्बन्ध स्वयं स्वीकार गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top