बालेनले दिल्लीमा ब्रेक थु्र गर्ने, मोदीसँग हवाइ रुटका लागि हवाइ रुट माग्ने

३० कात्तिक २०८३, सोमबार
Share this
713shares

३० कार्तिक , काठमाण्डौ ।     प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणलाई भारतसँग लामो समयदेखि उठाउँदै आएको हवाई मार्गको समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरिएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज बनाउन भारतीय आकाश प्रयोगको अनुमति मागिरहेको नेपालले त्यसको बदलामा भारतलाई पूर्वी क्षेत्रको नेपाली आकाश प्रयोग गर्न दिन सकिने संकेत गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि नेपाल र भारतका अधिकारीहरूबीच भएको चरणबद्ध छलफलमा भारत एयर रुट दिन सहमत भएको हो ।

Advertisement

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम तत्कालीन समयमा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा भएको थियो । तर एयर रुट नपाउँदा विमानस्थल बनाउनु बाहेक अरु उपलब्धि छैन । विमानस्थल प्रभावकारीरूपमा सञ्चालनमा आउने आसमा अर्बौं लगानी गरेका होटल र अन्य व्यवसाय धराशायी भएको छ । देउवा, ओली र प्रचण्ड प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा एयर रुट मागे पनि नेपालले पाएको छैन । तर जेनजी आन्दोलन पउछि बनेको २ तिहाइ नजिकको सरकारका प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणमा भैरहवा विमानस्थलका लागि एयर रुट ब्रेक थ्रु गर्न लागेका हुन् ।यसका लागि भारतको बागडोग्रा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिन नेपाल सकारात्मक देखिएको समेत खबर बाहिरिएको छ । यस विषयमा दुई देशबीच कूटनीतिक तहमा भइरहेको संवादले नयाँ दिशा लिएको सरकारी स्रोतले जनाएको छ ।दुई दिनअघि नयाँ दिल्लीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितको सरकारी टोलीले यसबारे प्रारम्भिक छलफल र गृहकार्य गरेको थियो । छलफलमा भारतीय पक्षले बागडोग्रा र रक्सौल विमानस्थलबाट हुने उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिन प्रस्ताव गरेको थियो । नेपालले भने तत्कालका लागि बागडोग्राका अन्तर्राष्ट्रिय उडानलाई नेपाली आकाश प्रयोग गर्न दिन सकिने संकेत गरेको छ । रक्सौलका विषयमा भने थप अध्ययन आवश्यक रहेको जवाफ दिएको छ ।

यस विषयमा थप छलफल गर्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेल मंगलबार भारत जाने तयारीमा छन् । त्यसपछि प्रधानमन्त्री बालेन शाहको एक सातापछि हुने भनिएको नयाँ दिल्ली भ्रमणका क्रममा हवाई मार्गसम्बन्धी विषयमा द्विपक्षीय सहमति जुटाउने प्रयास हुनेछ ।नेपालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय आकाश प्रयोगको अनुमति माग्दै आएको छ । तर भारतले सुरक्षा संवेदनशीलताको विषय उठाउँदै यसमा सहमति दिन आनाकानी गर्दै आएको छ । यही अवरोध हटाउन नेपालले हवाई मार्गसँग सम्बन्धित विषयलाई दुई देशबीचको सहमतिको प्याकेजमा समेट्ने रणनीति अघि सारेको हो ।भारतीय पक्षको प्रस्तावअनुसार जनकपुर र भैरहवाका आन्तरिक उडानमार्फत भारतीय पर्यटकलाई नेपाल ल्याउने सम्भावनाबारे पनि छलफल भइरहेको छ । यसका लागि बुद्ध एयरसँग पर्यटन मन्त्रालयले आइतबार छलफल गरेको थियो ।

Advertisement

भारतीय पर्यटकलाई नेपाली पर्यटन बजारसम्म ल्याउन बुद्ध एयरले भूमिका खेल्न सक्ने प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको छ ।यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय पक्षको स्पष्ट धारणा अझै आएको छैन । भैरहवा–पोखरा द्रुतमार्ग निर्माण तथा मुक्तिनाथसम्मको यात्रा सहज बनाउने विषयलाई समेत समेटेर आवश्यक निर्णय गर्न सकिने नेपाली पक्षको अपेक्षा छ ।सरकारी अधिकारीहरूका अनुसार बागडोग्रा विमानस्थलबाट एसिया प्रशान्त क्षेत्रका विभिन्न गन्तव्यमा हुने अन्तर्राष्ट्रिय उडानको संख्या तुलनात्मक रूपमा कम छ । त्यसैले सीमित उडानका लागि नेपाली आकाश प्रयोग गर्न अनुमति दिन व्यावहारिक कठिनाइ नहुने नेपालको बुझाइ छ । तर नेपालको मुख्य चासो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडान मार्ग सहज बनाउनु हो । नेपाली हिमाली क्षेत्रको नजिकबाट हुने हवाई आवागमनलाई व्यवस्थित गर्न भारतको सहयोगसमेत आवश्यक रहेको नेपाली अधिकारीहरूको भनाइ छ ।

यसअघि महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय जहाजले ३९ हजार फिटभन्दा माथिको उचाइबाट उडान गर्नुपर्ने प्रस्ताव भारतीय पक्षबाट आएको थियो । तर व्यावहारिक रूपमा टर्किस र पाकिस्तानी वायुसेवाबाहेक अन्य धेरै अन्तर्राष्ट्रिय वायुसेवाका जहाज २९ हजारदेखि ३५ हजार फिटको उचाइमा उड्ने गरेको नेपाली पक्षको तर्क छ । यही विषयलाई भारतले हवाई सुरक्षासँग जोडेर अनुमति दिन आनाकानी गर्ने आधार बनाउँदै आएको छ । भैरहवा विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडानका लागि सहज हवाई मार्गको अभाव प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ । नेपालले यसलाई पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र विमानस्थलको व्यावसायिक उपयोगसँग जोडेर हेरिरहेको छ ।

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाँदैछन् । उनी प्रधानमन्त्री भएको ९ महिनामा पहिलोपटक औपचारिक विदेश भ्रमणमा निस्किन लागेका हुन् । यसअघि उनी अमेरिकास्थित राष्ट्रसंघीय महासभामा भाग लिन गएका थिए । प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार मन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री गनेश पौडेल पनि भारत जाँदैछन् । यसैगरी प्रधानमन्त्री मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायत उद्योगी व्यवसायीसहित ४० सदस्यीय प्रतिनिधि भारत भ्रमणमा जानेछ । भ्रमण दुई दिनको हुने बताइएको छ । भ्रमणको औपचारिक मिति भने परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले तय गर्नेछन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणको एजेण्डा छ । यसैगरी जनकपुर–अयोध्या रेल सञ्चालन तथा क्युआर कारोबार आदानप्रदानसम्मका एजेण्डा छन् । सीमा व्यवस्थापनको विषय पनि मुख्य एजेण्डाका रुपमा रहनेछ । सन्तुलित परराष्ट्र नीतिअनुसार सम्झौताहरु हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग वान टु वान वार्ता गर्नेसम्मको तयारी गरिएको परराष्ट्र स्रोतको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top