एनपीएल ः काठमाण्डु र चितवन आज इलिमिनेटरमा भिड्दै

२ मंसिर २०८३, बुधबार
Share this
775shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुने ।

Advertisement

लिग चरणमा तेस्रो स्थानमा रहेको काठमाडौं र चौथो स्थानमा रहेको चितवन दुवै टोली जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा ।

इलिमिनेटर भएकाले आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्ने ।

लिग चरणमा काठमाडौंले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो।

सुरुवाती तीन खेलमा लगातार जित निकालेको काठमाडौं पछिल्ला दुई खेलमा भने पराजित भएको थियो।

यता चितवनले सात खेलबाट तीन जित, तीन हार र एक खेलमा नतिजा नआउँदा सात अंक जोडेको थियो। चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको चितवन काठमाडौंलाई हराएर उपाधि यात्रालाई जीवित राख्न चाहन्छ।

आजको खेलको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्ने ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायरमा । पहिलो क्वालिफायर जित्दै लुम्बिनी भने फाइनलमा । दोस्रो क्वालिफायरको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top